२२ जेठ २०८३, शुक्रबार

लुम्बिनी प्रादेशिक अस्पतालमा ४३ एचआईभी संक्रमितबाट जन्मिए ​स्वस्थ बच्चा​​

बैशाख २३, २०८३
बुटवल
लुम्बिनी प्रादेशिक अस्पतालमा ४३ एचआईभी संक्रमितबाट जन्मिए ​स्वस्थ बच्चा​​

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआईभी संक्रमित ४३ गर्भवतीबाट संक्रमण नभएका बच्चा जन्मिएका छन् । संक्रमित ४३ आमाबाट सबै बच्चा स्वस्थ जन्मिएका हुन् ।​

एडस् हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपाल लुम्बिनी प्रदेशका संयोजक धर्मराज भट्टाराईले आमाको उपचारमा विशेष ख्याल र बच्चा जन्माउन विशेष ध्यान दिएपछि बच्चामा संक्रमण नदेखिएको बताए ।

उनका अनुसार सङ्क्रमित गर्भवती महिलालाई एन्टी रेक्टो भाइरल ट्रिटमेन्ट (एआरटी) औषधि नियमित खुवाइन्छ । त्यसले गर्भवती आमाबाट बच्चामा एचआईभी सार्न रोक्ने उनले बताए । बच्चा जन्मेपछि प्रोफाइल लेसिस नामक झोल ६ हप्तासम्म खुवाउनुपर्ने उनको भनाइ छ ।

​एचआईभी संक्रमितको उपचारमा लुम्बिनी प्रादेशिक अस्पताल काठमाडौंको टेकुपछिको राम्रो मानिन्छ । लुम्बिनी प्रादेशिक अस्पतालबाट एचआईभी संक्रमित १ हजार ७०५ जना छन् । जसमध्ये ८५३ पुरुष, ७७९ महिला, १८ जना अन्य र ५६ जना बच्चा रहेका भट्टराईको भनाइ छ ।

एएचएफ नेपालले जोखिमपूर्ण क्षेत्र मानिने सेक्स वर्कर, लागुऔषध प्रयोगकर्ता र कैदीबन्दीमा टेस्ट गर्दै आएको छ ।

एएचएफको रणनीतिक लक्ष्यअनुसार एचआईभी संक्रमण रोकथामका लागि किशोरी र युवाहरूमा रोकथामका लागि कन्डमसमेत वितरण गर्दै आइरहेको प्रादेशिक अस्पतालका फोकल पर्सन भीमप्रसाद ज्ञवालीले जानकारी दिए ।

एएचएफ नेपालले बुधबार बुटवलमा पत्रकारसँग अन्तरक्रिया समेत गरेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेले एचआईभी संक्रमण र रोकथामको लागि मिडियाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्