०१ असार २०८३, सोमबार

नागार्जुनका मेयरलाई आंशिक सफाइ दिने विशेषको फैसलामाथि सर्वोच्चमा अख्तियारको पुनरावेदन

बैशाख २३, २०८३
काठमाडौं
नागार्जुनका मेयरलाई आंशिक सफाइ दिने विशेषको फैसलामाथि सर्वोच्चमा अख्तियारको पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर (हाल निलम्बित) मोहनबहादुर बस्नेतसमेत संलग्न भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको आंशिक सफाइको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।

आयोगका प्रवक्ता सुरेन न्यौपानेले बस्नेतसमेतले घुस/रिसवत लिई–दिई भ्रष्टाचार गरेको आरोपमा करिब ९ करोड २२ लाख ४६ हजार रूपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको मागदाबी गरिएको थियो । 

साथै, उक्त रकमसँग सम्बन्धित सम्पत्ति जफत गर्न तथा गैरकानूनी आम्दानी लुकाउने उद्देश्यले गरिएको कार्यलाई सम्पत्ति शुद्धीकरणअन्तर्गत पनि मुद्दा चलाइएको थियो, जसमा १३ करोड १२ लाख रूपैयाँभन्दा बढी बिगो कायम गरिएको थियो ।

तर २०८२ असार ६ गते विशेष अदालतले उक्त मुद्दामा आंशिक सफाइ दिएको थियो । सोही फैसलाप्रति असहमति जनाउँदै आयोगले बुधबार (२०८३ वैशाख २३ गते) सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो । 

यस्तै, गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी अर्को मुद्दामा बस्नेतले करिब ८ करोड ६९ लाख रूपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरी श्रीमती उर्मिला बस्नेतको नाममा राखेको आरोप लागेको थियो । उक्त मुद्दामा पनि विशेष अदालतले उर्मिलालाई सफाइ दिएको थियो ।

अख्तियारले दुवै मुद्दामा विशेष अदालतको फैसला त्रुटिपूर्ण भएको दाबी गर्दै पुनरावेदनमार्फत् फैसला बदर गरी सजाय कायम गर्न माग गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्