
आईआरजीसीका पूर्वकमाण्डर मोहसेन रेजाइले आफ्नो आणविक कार्यक्रमबारे इरानले कसैसँग वार्ता नगर्ने स्पष्ट पारेका छन् ।
उनले होर्मुज जलमार्गको नियन्त्रण इरानको हातमा रहनुपर्नेमा जोड दिए ।
इरानको सरकारी समाचार एजेन्सीका अनुसार, होर्मुजको नियन्त्रण इरानबाट छुट्यो भने शत्रुले यसलाई फेरि एक पटक इरान र यसका जनताविरुद्ध हतियारको रूपमा प्रयोग गर्नेछ।
इरानको मोडेल क्षेत्रीय देशहरूले क्षेत्रीय सुरक्षाको ख्याल आफैं गर्नुपर्ने उनले बताए । उनका अनुसार अमेरिका वा युरोपजस्ता बाह्य शक्तिहरूले यसबाट पछि हट्नु पर्ने बताए ।