२६ जेठ २०८३, मंगलबार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

बैशाख २४, २०८३
काठमाडौं
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

दाङमा १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका-४ बस्ने २० वर्षीय उदिम प्रसाद बुढामगर छन् । उनलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो । 

उदिमले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैबीच, जुम्लामा २८ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा पातारासी गाउँपालिका-५ जफना गाउँ बस्ने ४१ वर्षीय दत्तबहादुर बुढा पक्राउ परेका छन् ।

दत्तबहादुरले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो ।  

दुवै घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्