२६ जेठ २०८३, मंगलबार

कीर्तिपुरमा युवकको हत्या आरोपमा तीन पक्राउ

बैशाख २४, २०८३
काठमाडौं
कीर्तिपुरमा युवकको हत्या आरोपमा तीन पक्राउ

काठमाडौंको कीर्तिपुरमा युवकमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बुधबार (वैशाख २३ गते) दिउँसो कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक गुल्मी धुर्कोट गाउँपालिका–७ घर भई हाल कीर्तिपुर नगरपालिका–३ मा  बस्दै आएका २२ वर्षीय विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार भएको थियो ।

घटनामा गम्भीर घाइते भएका घिमिरेको मृत्यु भएपछि प्रहरीले ज्यान लिने कसुरमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा अछामको साँफेबगर नगरपालिका–४ घर भई हाल कीर्तिपुर नगरपालिका–९ भाजंगल बस्ने २५ वर्षीय महेन्द्र शाह, कैलाली बर्दगोरिया गाउँपालिका–४ घर भई हाल कीर्तिपुर नगरपालिका–१० पाँगा दोबाटो बस्ने २३ वर्षीय रविन्द्र धामी तथा कैलाली घोडाघोडी नगरपालिका–१ घर भई हाल कीर्तिपुर नगरपालिका–८ सिनेमा हल बस्ने २२ वर्षीय रोशन बिष्ट रहेका छन् ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्