
चलचित्र ‘लालीबजार’को प्रिमियरका क्रममा अभिनेत्री स्वस्तिमा खड्काले निर्माता निश्चल बस्नेतलाई ‘खरानी ग्याङको लिडर’ भनेर बोलाएपछि हलमा हाँसो फैलिन पुग्यो ।
बिहीबार भएको प्रिमियरका क्रममा सञ्चारकर्मीले निश्चलको खोजी गरेपछि स्वस्तिमाले “ओ खरानी ग्याङको लिडर” भन्दै बोलाएकी थिइन् । त्यसपछि कार्यक्रममा उपस्थित कलाकार तथा अतिथिहरू हाँसेका थिए । जेनजी आन्दोलनका क्रममा बस्नेतको सहभागितालाई लिएर उनीमाथि आलोचना हुँदै आएकोमा स्वस्तिमाले यस्तो टिप्पणी गरेकी हुन् ।
फिल्ममा स्वस्तिमा खड्कासहित विशाल देवकोटा, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, प्रशंसा सुवेदी, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ । फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।