२६ जेठ २०८३, मंगलबार

जेनजी आन्दोलनमा हराएका २५५ राउन्ड गोली बरामद

बैशाख २५, २०८३
काठमाडौं
जेनजी आन्दोलनमा हराएका २५५ राउन्ड गोली बरामद

प्रहरीले काभ्रेपलाञ्चोक बनेपाबाट २५५ राउन्ड गोली बरामद गरेको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका- ८ स्थित सडक छेउको नालामा बेवारिसे रूपमा बाकसमा राखिएको अवस्थामा उक्त गोली बरामद भएको हो ।

जेनजी आन्दोलनका क्रममा हराएका एसएलआरको २३१ राउन्ड र .३०३ को २४ राउन्ड गरी जम्मा २५५ राउन्ड गोली बरामद भएको हो । 

उक्त गोली इलाका प्रहरी कार्यालय बनेपामा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्