महाभारत आदिपर्वको शुरूमै राजा जनमेजयको सर्पयज्ञसम्बन्धी एउटा प्रसङ्ग छ ।
जब कुरुवंशको उत्तराधिकारी तथा पाण्डवहरूको नाति राजा परीक्षितलाई तक्षक नागले मार्दछ तब उनका पुत्र जनमेजयले त्यसको प्रतिशोध लिन सर्पयज्ञको आयोजना गर्दछन्, जहाँ यज्ञको मन्त्रशक्तिद्वारा खिचिएर संसारभरिकै सर्पहरू आउँदै भष्म हुँदै जाने गर्दछन्, जुन कुरा नागराज वासुकीले सहन सक्दैनन् र आफ्ना भागिनेय (बहिनी जरत्कारुपुत्र) अस्तिकसँग सहयोगको याचना गर्दछन् ।
मामाको आग्रह अनुसार उनी जनमेजयको यज्ञस्थलमा जान्छन् बुद्धिमत्तापूर्ण तर्कद्वारा जनमेजयलाई सन्तुष्ट पारी सर्पयज्ञ समाप्तिको घोषणा गराउन सफल हुन्छन् ।
के यो कथामात्र हो ? कि भयानक प्रतिशोध ? यसबारे ऐतिहासिक, दार्शनिक र वैज्ञानिक तर्क कस्तो ? आजको भिडियोमा हामी यसैबारे विस्तृत विश्लेषण गर्दैछौँ ।