२७ असार २०८३, शनिबार
टर्किस एयरलाइन्सको विमानको टायरमा आगलागी

चारदिन विमानस्थल बन्द हुनेगरी १२ वर्षअघि पनि भएको थियो टर्किसको विमान दुर्घटना

बैशाख २८, २०८३
काठमाडौं
चारदिन विमानस्थल बन्द हुनेगरी १२ वर्षअघि पनि भएको थियो टर्किसको विमान दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ वर्षपछि टर्किस एयरमा आएको समस्याका कारण केहीबेर उडान अवतरण अवरुद्ध भएको छ । सोमवार बिहान ल्याण्डिङका क्रममा विमानस्थलको रनवेमा विमानको टायरमा आगलागी भएपछि विमानस्थल २ घण्टा बन्द भएको हो ।

सोमवार समयमै आकस्मिक उद्धार भएका कारण ठूलो क्षति हुन पाएन । तर रनवेमै टायरमा आगजनी भएपछि विमानस्थलको उडान अवतरण दुइघण्टा अवरुद्ध हुन पुगेको हो । विमानस्थल बन्द हुँदा अन्तर्राष्ट्रिय र आन्तरिक विमानका उडान अवतरण प्रभावित भए ।

यसअघि १२ वर्ष पहिला टर्किसको विमान रनवेमा चिप्लिएर दुर्घटना भएपछि विमानस्थल नै बन्द भएको थियो । २०७१ फागुन २० गते टर्कीबाट काठमाडौं आएको विमान रनवेमा चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । २२३ यात्रुसहित आएको विमान रनवेबाट बाहिर धसिँदा केही यात्रु घाइते भएका थिए ।

इण्डियन एयरफोर्सको विमानमार्फत् उपकरण ल्याएर धावनमार्गबाट विमान हटाएपछि मात्र ४ दिनपछि विमानस्थल सञ्चालनमा आएको थियो ।

सो दुर्घटनापछि नै काठमाडौं बाहिर पनि अन्तराष्ट्रिय विमानस्थल बनाउने बहस तीव्र भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्