![जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आयोग अगाडि प्रदर्शन, केही पक्राउ [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Protest_Genz_Civic_on_Human_Rights_office_10_phtPfqNT8G.jpg)
जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले सोमबार प्रदर्शन गरेको छ ।
अभियानले ललितपुरस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडि प्रदर्शन गरेको हो ।
हरिहर भवनमा आयोजित शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागीहरूले ब्यानर तथा प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।









तस्वीर: सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी