२७ जेठ २०८३, बुधबार

बाजुरामा खोलाले बगाउँदा एक किशोरको मृत्यु

बैशाख २८, २०८३
काठमाडौं
बाजुरामा खोलाले बगाउँदा एक किशोरको मृत्यु

बाजुराको हिमाली गाउँपालिका–१ मैतार्नास्थित कुवाडी खोलामा बगेर बेपत्ता भएका एक किशोर मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार आइतबार दिउँसो करिब ३ बजे स्थानीय १३/१४ वर्षीय नवराज थापा साथीहरूसँग खोलामा नुहाउन गएका बेला खोलाले बगाएर बेपत्ता भएका थिए । उनीसँगै विराज थापा, विशाल थापा र किस्मत थापासमेत खोलामा नुहाउन गएका थिए ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बिच्छियाबाट प्रहरी हवल्दारको कमान्डमा टोली खटिएको थियो । 

सोमबार बिहान अस्थायी प्रहरी पोस्ट कुवाडीबाट समेत थप टोली परिचालन गरिएको थियो । खोजतलासका क्रममा सोमबार दिउँसो १ बजेतिर नवराजको शव बगेको स्थानबाट करिब ३०० देखि ४०० मिटर तल फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षकको कमान्डमा थप टोली खटिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्