
सरकारले प्राङ्गारिक मललाई प्रवर्द्धन गर्न वन क्षेत्रमा रहेका स्याउला, सोत्तर र मिचाहा वनस्पतिलाई उपयोग गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वन क्षेत्रका स्रोतहरूको वैज्ञानिक उपयोग गर्ने बताएका हुन् ।
उनले स्थानीय समुदाय र निजी क्षेत्रको संलग्नतामा उपयोग गरी प्राङ्गारिक मल र बायोचार उत्पादन प्रवर्द्धन गर्ने बताए ।