३० जेठ २०८३, शनिबार

प्रहरीको भौतिक पूर्वाधार उपकरण र अनुसन्धान क्षमतामा सुधार गरिने

बैशाख २८, २०८३
काठमाडौं
प्रहरीको भौतिक पूर्वाधार उपकरण र अनुसन्धान क्षमतामा सुधार गरिने

सरकारले नेपाल प्रहरीको भौतिक पूर्वाधार उपकरण र अनुसन्धान क्षमतामा सुधार गर्दै फरेन्सिक तथा सूचना विश्लेषण प्रणालीमा सुदृढ गर्ने बताएको छ ।

आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममा यो विषय समावेश गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रिय अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाइने उल्लेख गरेन । 

‘लागूऔषध नियन्त्रण, अन्तरदेशीय अपराध तथा जटिल अपराध न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग विस्तार गरिनेछ । साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाई स्थापना गरिनेछ’, सरकारको नीति तथा कार्यक्रममा भनिएको छ । 

यसैगरी, सशस्त्र प्रहरी बल नेपाललाई प्रशिक्षित जनशक्ति र पूर्वाधारसहित विशिष्टिकृत सुरक्षा बलका रुपमा सुदृढ गरिने सरकारको भनाइ छ । 

सीमा नाकाहरूमा अनुहार पहिचान प्रणाली, एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार स्थापना गरिने सकारको नीति तथा कार्यक्रममा उल्लेख छ । 

‘ड्रोन तथा नाइटभिजन क्यामेरा प्रयोग गरि अवैध गतिविधि नियन्त्रण गरिने छ । सीमा क्षेत्र विकास कार्यक्रममार्फत नागरिक सुरक्षा सम्बन्ध सुदृढ बनाइने छ । सीमा विवाद समाधान कूटनीतिक संवादबाट खोजिने छ । वृहत् राष्ट्रिय हितको संरक्षणका लागि सुरक्षासम्बन्धी नीति तथा कानूनको व्यावसायिक परिमार्जन गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ । 

यसैगरी, प्रतिक्रियामुखी भन्दा पूर्वतयारीमुखी विपद् व्यवस्थापन नीति अवलम्बन गर्दै जोखिम नक्सांकन प्रारम्भिक चेतावनी प्रणाली र विपद् सुरक्षा अभ्यासलाई संस्थागत गरिने  सरकारले बताएको छ । 

खोज तथा उद्धारका लागि सेना, प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्मिलित एकीकृत कमान्ड प्रणाली विकास गरि ड्रोन, हेलिकप्टर लगायत आधुनिक प्रयोगमा निजी क्षेत्रसँग साझेदारी गर्ने विषय पनि सरकारको नीति तथा कार्यक्रममा अटाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्