३१ जेठ २०८३, आइतबार

अण्डाको मूल्य बढ्यो, कति पुग्यो ?

बैशाख २८, २०८३
काठमाडौं
अण्डाको मूल्य बढ्यो, कति पुग्यो ?

 नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढाएको छ।

संघको सोमबार बसेको भौतिक तथा भर्चुअल बैठकले अण्डा उत्पादक किसानको राय, परामर्श र सिफारिसका आधारमा वैशाख २९ गतेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नयाँ निर्णयअनुसार चितवनलाई आधार मानेर एक्सएल अण्डाको मूल्य प्रतिक्रेट रु ५०० कायम गरिएको छ। यसअघि एक्सएल अण्डाको मूल्य रु ४६५ थियो।

त्यसैगरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु ४८५ निर्धारण गरिएको छ। यसअघि यसको मूल्य रु ४५० रहेको थियो।

मिडियम अण्डाको मूल्य रु ४३५ कायम गरिएको संघले जनाएको छ। यसअघि मिडियम अण्डा रु ४०० मा कारोबार हुँदै आएको थियो।

यस्तै सानो अण्डाको मूल्य प्रतिपेटी रु २५०० निर्धारण गरिएको छ। यसअघि सानो अण्डाको मूल्य रु २३०० रहेको संघका सचिव मदन पोखरेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्