२९ असार २०८३, सोमबार
एसईई नतिजा

एसईईमा १ लाख ४६ हजार परीक्षार्थी भए फेल

बैशाख २८, २०८३
काठमाडौं
एसईईमा १ लाख ४६ हजार परीक्षार्थी भए फेल

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार यस वर्ष सहभागी कुल परीक्षार्थीमध्ये ३४ प्रतिशतभन्दा बढी अर्थात् १ लाख ४६ हजार ५०७ जना विद्यार्थी फेल (नन-ग्रेटेड) भएका छन् ।

बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नियमिततर्फ कुल ४ लाख ३० हजार ६६७ जना परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये २ लाख ८४ हजार १६० जना (६५.९८ प्रतिशत) विद्यार्थी मात्र विभिन्न ग्रेड प्राप्त गर्दै उत्तीर्ण भएका छन् भने १ लाख ४६ हजार ५०७ जना विद्यार्थी 'नन-ग्रेटेड' (एनजी) श्रेणीमा परेका हुन् ।

सार्वजनिक नतिजा अनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३९२ रहेको छ । त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ८० हजार ३७२ जना रहेका छन् । २.८ देखि ३.२ जीपीए समूहमा सबैभन्दा धेरै ९४ हजार २२२ जना विद्यार्थी समेटिएका छन् ।

यसैगरी २.४ देखि २.८ जीपीए ल्याउने ५५ हजार ९७७ जना, २ देखि २.४ जीपीए ल्याउने ५ हजार १९० जना र १.६ देखि २ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ७ जना मात्र रहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार एनजी श्रेणीमा परेका १ लाख ४६ हजार ५०७ जना विद्यार्थीले ग्रेड वृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाउनेछन् । परीक्षार्थीहरूले आफ्नो नतिजा विभिन्न वेबसाइट, एसएमएस र आईभीआरमार्फत हेर्न सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्