२९ असार २०८३, सोमबार

तेलको मूल्य फेरि बढ्यो, ब्रेन्ट क्रूड प्रतिब्यारेल १०४.५ डलर पुग्यो

बैशाख २९, २०८३
काठमाडौं
तेलको मूल्य फेरि बढ्यो, ब्रेन्ट क्रूड प्रतिब्यारेल १०४.५ डलर पुग्यो

अमेरिका र इरानबीच बढ्दो भूराजनीतिक तनावको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय ऊर्जा बजारमा देखिन थालेको छ। 

दुई देशबीचको तनावपूर्ण स्थितिका कारण मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढेको छ। 

विश्वभरको आपूर्ति प्रणालीमा पर्ने सम्भावित प्रभावको त्रासले लगानीकर्ताहरू सशंकित हुँदा तेलको भाउमा उछाल आएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार, एसियाली व्यापारमा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १०४.५ डलर नाघेको छ।

salt training

कमेन्ट गर्नुहोस्