०१ साउन २०८३, शुक्रबार

घुस लिएको आरोपमा सशस्त्रका इन्स्पेक्टरविरुद्ध मुद्दा दायर

बैशाख २९, २०८३
काठमाडौं
घुस लिएको आरोपमा सशस्त्रका इन्स्पेक्टरविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कमला-ढल्केबर-बागमती सडक निर्माण खण्डमा माटो तथा ‘ग्राभेल फिलिङ’ कार्यमा प्रयोग हुने सवारीसाधन रोक्ने तथा ‘फिल्ड’मा माटो झार्न नदिई सेवाग्राहीसँग ४० हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरी मंगलबार आरोपपत्र दायर गरिएको हो । 

आयोगले आरोपी अधिकारीविरुद्ध बिगोबमोजिम कारबाही माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्