
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको युद्धको लागत करिब २९ अर्ब अमेरिकी डलर पुगेको मङ्गलबार बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व र सैन्य तयारीमा यसको प्रभावको बारेमा बढ्दो छानबिनको सामना गर्नुपरेको समय यो तथ्याङ्क सार्वजनिक भएको हो ।
क्यापिटल हिलमा बजेट सुनुवाइको क्रममा रक्षा विभागले सार्वजनिक गरेको नयाँ तथ्याङ्क दुई हप्ताअघि रक्षा सचिव पिट हेगसेथले प्रस्ताव गरेको अनुमानभन्दा करिब चार अर्ब डलर बढी हो।
हेगसेथ र ‘ज्वाइन्ट चिफ्स अफ स्टाफ’का अध्यक्ष जनरल डनकेनले पेन्टागनका वित्त प्रमुख जुल्स हस्र्ट तृतीयसँग सन् २०२७ का लागि १.५ ट्रिलियन डलरको बजेट अनुरोधमा बहस भइरहेका समय उनीहरूलाई युद्धको खर्च सार्वजनिक गर्न आवाज उठेको थियो ।
“युद्धको बहसको समयमा यो खर्च २५ अर्ब डलर हुने बताइएको थियो,” हेगसेथको अप्रिल २९ को अनुमानलाई उद्धृत गर्दै हस्र्टले सांसदहरूलाई भने ।