२६ जेठ २०८३, मंगलबार

इजलासमा हुलहुज्जत गर्न खोजेपछि रोशनी नेपाली प्रहरी नियन्त्रणमा

बैशाख ३०, २०८३
काठमाडौं
इजलासमा हुलहुज्जत गर्न खोजेपछि रोशनी नेपाली प्रहरी नियन्त्रणमा

सर्वोच्च अदालतको इजलासमा हुलहुज्जत गर्न खोजेपछि वादी अभियन्ता डा. रोशनी नेपाली वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हाल प्रदर्शनमा रहेको चलचित्र ‘लालीबजार’विरुद्ध मुद्दा हालेकी रोशनी बुधबार मुद्दाको सुनुवाइका लागि इजलासमा उपस्थित भएकी थिइन् ।

यो मुद्दाको सुनुवाइ न्यायाधीशद्वय विनोद शर्मा र श्रीकान्त पौडेलको इजलासमा भएको छ । तर आदेश आउन बाँकी छ ।

रोशनीले सोही इजलासमा हुलहुज्जत गर्न खोजेपछि नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त सिंहदरबारमा ‘होल्ड’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए । 

केही दिनअघि उनी रास्वपा सभापति रवि लामिछानेको गाडी अगाडि सुतेकी थिइन् । 

उच्च अदालतको आदेशपछि चलचित्र ‘लालीबजार’ हाल प्रदर्शन भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्