१० साउन २०८३, आइतबार

हर्कको प्रस्ताव- नीति तथा कार्यक्रम र बजेट बनाउँदा विपक्षीसँग पनि परामर्श गरियोस्

बैशाख ३१, २०८३
काठमाडौं
हर्कको प्रस्ताव- नीति तथा कार्यक्रम र बजेट बनाउँदा विपक्षीसँग पनि परामर्श गरियोस्

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले नीति तथा कार्यक्रम र बजेट तुर्जमाको छलफलमा सत्ता पक्षले विपक्षीसँग पनि परामर्श गर्नुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा भाग लिँदै अध्यक्ष राईले देश बनाउने मामिलामा सत्ता पक्ष र विपक्ष एकै सिक्काका दुई पाटा भएकाले सहकार्य गर्न आग्रह गरेका हुन् । 

उनले सबै खालको विकासको जराका रूपमा नीतिलाई लिनुपर्ने र सही विषयका पक्षमा अभिमत प्रकट गर्न सक्ने चेतना विकास गर्न आग्रह गरे । 

उनले नीति तथा कार्यक्रममा गहन र पर्याप्त छलफल गर्न पनि सुझाव दिए । 

salt training

कमेन्ट गर्नुहोस्