२९ जेठ २०८३, शुक्रबार

टिकटकमार्फत ब्ल्याकमेल गर्ने युवक पक्राउ

बैशाख ३१, २०८३
काठमाडौं
टिकटकमार्फत ब्ल्याकमेल गर्ने युवक पक्राउ

 सामाजिक सञ्जाल टिकटकमार्फत महिलालाई ब्ल्याकमेल गरी पैसा असुल्ने आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले २३ वर्षीय समिर तामाङलाई पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ घर भएका तामाङलाई काठमाडौंको कलंकीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तामाङले महिलाको व्यक्तिगत फोटो तथा भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै पटक–पटक रकम असुल्ने गरेका थिए । पीडितको उजुरीपछि गरिएको प्राविधिक अनुसन्धानका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।

साइबर ब्यूरोले तामाङमाथि विद्युतीय कारोबार ऐन र आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्