२६ जेठ २०८३, मंगलबार

सामाजिक सञ्जालमार्फत् महिलालाई हैरानी दिएको आरोपमा एक जना पक्राउ

जेठ १, २०८३
काठमाडौं
सामाजिक सञ्जालमार्फत् महिलालाई हैरानी दिएको आरोपमा एक जना पक्राउ

सामाजिक सञ्जालमार्फत महिलालाई दु:ख हैरानी दिने कार्यमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका-११ घर भएका २३ वर्षीय समीर तामाङ रहेका छन् । उनलाई प्रहरीको साइबर ब्यूरोको टोलीले बुधबार प्रहरीले काठमाडौं महानगरपालिका-१३ कलंकीबाट पक्राउ गरेको हो । 

टिकटक लगायतका सामाजिक सञ्जालमा पीडितको फोटो राखी ब्ल्याकमेल गर्ने तथा व्यक्तिगत फोटो भिडियो बाहिर ल्याइदिन्छु भनि धाक धम्की दिई पीडितबाट आर्थिक लाभ लिएको भन्ने उजुरीको आधारमा उनी पक्राउ परेका हुन् ।

उनीउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन र आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्