२६ जेठ २०८३, मंगलबार

प्युठानमा भ्यान दुर्घटना, २ जनाको मृत्यु

जेठ १, २०८३
बुटवल
प्युठानमा भ्यान दुर्घटना, २ जनाको मृत्यु

प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

शुक्रबार दिउँसो जिल्लाको माण्डवी गाउँपालिका–१ डाम्रीखोला नजिकै देवीस्थान–दाङ सडकखण्डमा लु.प्र.०२००१ ज ०१०४ नम्बरको भ्यान दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा दुई जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, प्युठानका सूचना अधिकारी, प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । 

मृतकको पहिचान खुल्न सकेको छैन । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्