३० जेठ २०८३, शनिबार

होर्मुजबाट जहाज पार गराउन युरोपेली देशहरू इरानसँग वार्तामा

जेठ २, २०८३
काठमाडौं
होर्मुजबाट जहाज पार गराउन युरोपेली देशहरू इरानसँग वार्तामा

इरानी सरकारी टेलिभिजनले युरोपेली देशहरूले होर्मुज स्ट्रिट (जलसन्धि) बाट आफ्ना जहाजहरू लैजानका लागि इरानसँग वार्ता गरिरहेको दाबी गरेको छ।

 बीबीसी फारसी सेवाका अनुसार इरानी न्युज नेटवर्क र ब्रोडकास्टिङ कर्पोरेसनले युरोपेली देशहरूको नाम नलिई यो खबर सार्वजनिक गरेका हुन्।

इरानी सञ्चारमाध्यमले भनेका छन्, 'चीन, जापान र पाकिस्तान लगायतका पूर्वी एसियाली देशहरूका जहाजहरू उक्त मार्गबाट गुज्रिएपछि अहिले युरोपेली देशहरूले पनि आफ्ना जहाजका लागि अनुमति पाउन रिभोलुसनरी गार्डको नौसेनासँग संवाद सुरु गरेका छन्।'

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलसँग युद्ध सुरु भएयता इरानले यो रणनीतिक रूपमा महत्त्वपूर्ण समुद्री मार्गलाई लगभग बन्द गरिदिएको छ। 

होर्मुज जलसन्धिमा इरानको नियन्त्रणका कारण विश्वभरको तेल र ग्यास बजारमा गम्भीर असर परेको छ। सामान्य अवस्थामा विश्वको कुल तेल र एलएनजी निर्यातको करिब २० प्रतिशत यही मार्गबाट हुने गर्दछ।

तेल र ग्यासका अतिरिक्त अन्य धेरै आवश्यक वस्तुहरूको ढुवानीका लागि पनि यो जलसन्धि विश्वकै प्रमुख मार्ग मानिन्छ।

salt training

कमेन्ट गर्नुहोस्