१० साउन २०८३, आइतबार

बडिमालिका हिँडेका लेखा अधिकृतको मृत्यु, आफन्तलाई शव बुझाउने तयारी

जेठ ३, २०८३
काठमाडौं
बडिमालिका हिँडेका लेखा अधिकृतको मृत्यु, आफन्तलाई शव बुझाउने तयारी

बाजुराको मडिमालिका दर्शन गर्न हिँडेका राष्ट्रिय सतर्कता केन्द्रका एक लेखा अधिकृतको मृत्यु भएको छ ।

राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा अधिकृत अन्दाजी ५५/५६ वर्षीय विश्वराज पन्थीको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी, प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।

बडिमालिका नगरपालिका-८ स्थित खारेको जंगलमा पुग्दा पन्थी एक्कासी बेहोस भएका थिए । उनलाई तत्काल उद्धार गरेर जिल्ला अस्पताल मार्तडी पुर्‍याइएको थियो । उपचारका क्रममा पन्थीलाई चिकित्सकले शनिबार साँझ ५:५० बजे मृत घोषणा गरेका थिए ।

पन्थीको शवलाई जिल्ला अस्पताल मार्तडीमा राखिएको छ । शवलाई आइतबार आफन्त पुगेपछि पोस्टमार्टम गरेर जिम्मा लगाइने इन्स्पेक्टर शाहीले लोकान्तरलाई जानकारी दिए । 

मृतक पन्थीको स्थायी ठेगाना रुपन्देहीको  भैरहवा रहेको प्रहरीले जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्