![शुरू भयो मत्स्यनारायणको एक महिने मेला [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Machhenarayan_festival_9_rXccB7oWqF.jpg)
काठमाडौंको मच्छेगाउँ (मत्स्यगाउँ) स्थित मच्छेनारायण मन्दिरमा आज आइतबारदेखि एक महिने पुरुषोत्तम मास अर्थात् अधिक मास मेला शुरू भएको छ ।
‘मलमास मेला’का नामले परिचित यस मेलामा काठमाडौं उपत्यकासहित देशभरबाट लाखौं भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।
धार्मिक मान्यता अनुसार पुरुषोत्तम मासमा भगवान् नारायणको पूजा–आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने विश्वास रहेको छ ।

यही विश्वासका साथ भक्तजनहरू मच्छेनारायण मन्दिरमा दर्शन तथा पूजाआजाका लागि पुग्ने गरेका छन् ।
मन्दिर परिसरमा सुनको जलप लगाइएको गरुडको आकर्षक प्रवेशद्वार रहेको छ । साथै, माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गदा र पद्म धारण गरेको भगवान् मत्स्यनारायणको मूर्ति यहाँको मुख्य आकर्षण बनेको छ ।
पुराणअनुसार भगवान् विष्णुले लिएका दश अवतारमध्ये पहिलो अवतार मत्स्य अवतार मानिन्छ । प्रलयकालमा मत्स्यरूपी भगवानले समुद्रमा डुङ्गाको काम गर्दै वेदको रक्षा गरेको धार्मिक विश्वास रहेको छ ।










तस्वीर : साइराम उपरकोटी/नेपाल फोटो लाइब्रेरी