३० असार २०८३, मंगलबार

कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनीत

जेठ ३, २०८३
काठमाडौं
कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनीत

 नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय लेखा समितिमा तीन जना सदस्यहरू मनोनयन गरेका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३८ को उपधारा (१) बमोजिम सभापति थापाले पार्टीका केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा गठित समितिमा सदस्यहरू मनोनयन गरेका हुन् । 

मनोनयन हुने सदस्यहरूमा धनुषाका दिलिप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराई रहेका छन्। 
 

salt training

कमेन्ट गर्नुहोस्