
सत्यवतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सत्यवती गाउँपालिकाको वडा नम्बर–१ मा लु ३६ प ३६२७ नम्बरको मोटरसाइक दुर्घटना हुँदा ४५ वर्षका गिरमान सिंह राना र ३४ वर्षका लक्ष्मण थापाको मृत्यु भएको हो ।
उनीहरू गुल्मीकै कालीगण्डकी गाउँपालिका ३ भुस्तुङका रहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारूले जानकारी दिए ।
आइरबार राति भएको दुर्घटनामा मोटरसाइकल सडकबाट अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते दुबै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र रिडीले मृत घोषणा गरेको सारूले बताए ।
दुर्घटनाको कारण खुल्न सकेको छैन ।
- यसअघि यही समाचारमा