२३ असार २०८३, मंगलबार

दुई अमेरिकी लडाकु विमान ठोक्किए

जेठ ४, २०८३
काठमाडौं
दुई अमेरिकी लडाकु विमान ठोक्किए

अमेरिकामा एक एयर शोको क्रममा दुई लडाकु विमान हावामै एकापसमा ​ठोक्किएका छन् । सौभाग्यवश, सबै विमान चालक दल सुरक्षित बाहिर निस्किएको बीबीसीले जनाएको छ ।

गनफाइटर स्काईज एयर शोको अन्तिम दिन आइतबार दुर्घटना भएको थियो । 

दुर्घटनापछि विमानमा आगो लागेको थियो, जसले बेस अस्थायी रूपमा बन्द गरियो । एयर शोको बाँकी भाग रद्द गरियो र अनुसन्धान शुरू गरिएको समाचारमा उल्लेख छ । 

अमेरिकी नौसेनाका अनुसार, यी जेटहरूको मूल्य लगभग७० मिलियन डलर बराबर छ।

यसअघि २०१८ मा गनफाइटर स्काईज एयर शोमा दुर्घटनामा परी एक ग्लाइडर पाइलटको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्