२४ जेठ २०८३, आइतबार

अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीप लामिछानेले बनाए दूर्लभ कीर्तिमान, मिचेल स्टार्कलाई पछि पारे

जेठ ४, २०८३
काठमाडौं
अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीप लामिछानेले बनाए दूर्लभ कीर्तिमान, मिचेल स्टार्कलाई पछि पारे

नेपाली राष्ट्रिय टोलीका प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा गजबको कीर्तिमान बनाएका छन् ।

कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा उनले नयाँ कीर्तिमान बनाएका हुन् ।

२५ वर्षीय सन्दीप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा एक सय ५० विकेट लिने खेलाडी बनेका हुन् ।

सन्दीपले ७३ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै यो कीर्तिमान आफ्नो नाममा पारे । उनले अस्ट्रेलियाका प्रभावशाली क्रिकेटर मिचेल स्टार्कको कीर्तिमान तोडेका हुन् ।

स्टार्कले भने ७७ एकदिवसीय अन्तर्राष्ट्रियमा एक सय ५० विकेटको कोशेढुङ्गा पार गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्