३० जेठ २०८३, शनिबार

वीडी सतीसन बने केरलाका मुख्यमन्त्री

जेठ ४, २०८३
काठमाडौं
वीडी सतीसन बने केरलाका मुख्यमन्त्री

भारतको केरला राज्यको मुख्यमन्त्रीमा वीडी सतीसनले शपथ लिएका छन् । राज्यपाल राजेन्द्र अर्लेकरले पद र गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 

कांग्रेसका शीर्ष नेताहरू राहुल गान्धी, प्रियंका गान्धी, मल्लिकार्जुन खडगे र कर्नाटक र हिमाचल प्रदेशका मुख्यमन्त्रीहरूसहित धेरै अन्य प्रमुख नेताहरू उपस्थित थिए । वीडी सतीसनको शपथ ग्रहण समारोह तिरुवनन्तपुरमको सेन्ट्रल स्टेडियममा भएको थियो । 

मुख्यमन्त्रीसँगै आज उनको सम्पूर्ण मन्त्रिपरिषद्ले पनि शपथ ग्रहण गरेको छ । सतीसनको मन्त्रिपरिषद्मा २० मन्त्रीहरू छन् र उनीहरूलाई सोमबार राज्यपालले शपथ ग्रहण गराएका थिए। 

शीर्ष कांग्रेस नेताहरूका साथै पूर्वमुख्यमन्त्री तथा वामपन्थी नेता पिनारायी विजयन र भाजपा नेता राजीव चन्द्रशेखरन पनि शपथ ग्रहण समारोहमा उपस्थित थिए । 

१४० सदस्यीय केरला विधानसभामा कांग्रेस नेतृत्वको युडीएफ गठबन्धनले १०२ सिट जितेको थियो भने एलडीएफले ३५ र भाजपाले तीन सिट जितेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्