२५ जेठ २०८३, सोमबार

रामेछापमा बलात्कार आरोपमा एक जना पक्राउ

जेठ ४, २०८३
रामेछाप
रामेछापमा बलात्कार आरोपमा एक जना पक्राउ

रामेछापमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछाप नगरपालिका- १ गोठगाउँ खुर्पाती टोल बस्ने २१ वर्षीय विक्रम भुजेल छन् । उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विक्रमले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी साँघुटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्