
बर्दियामा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गेरूवा गाउँपालिका-१ भटेरा बस्ने १९ वर्षीय महेन्द्र जैशी रहेका छन् । उनलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।
महेन्द्रले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।