२८ असार २०८३, आइतबार
संसदीय सुनुवाइ समितिको निर्णय

प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम संसदीय समितिबाट सर्वसम्मत अनुमोदन

जेठ ५, २०८३
काठमाडौं
प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम संसदीय समितिबाट सर्वसम्मत अनुमोदन

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज कुमार शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन भएको छ । 

संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकले शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गर्ने निर्णय भएको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए । 

मंगलबार नै संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ भएको थियो । उनले त्यहाँ आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । 

समितिले उजुरीकर्तासँग पनि मंगलबार नै छलफल गरेको थियो ।

अब समितिले प्रधानन्यायाधीशका लागि उनको नाम अनुमोदन गर्ने निर्णय भएको बारे राष्ट्रपतिलाई लिखित जानकारी गराउनेछ । त्यसपछि राष्ट्रपतिले शर्मालाई प्रधानन्यायाधीशमा नियुक्ति र शपथ गराउनेछन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार मंगलबार लागि अहिलेसम्म राष्ट्रपति कार्यालयमा शपथको कुनै तयारी भने भएको छैन ।

प्रधानमन्त्री वालेन्द्र शाह अध्यक्ष रहेको संवैधानिक परिषद्ले केही दिन पहिले शर्माको नाम प्रधानन्यायाधीशका लागि संसदीय समितिमा सिफारिस गरेको थियो । 

सुनुवाइका क्रममा सांसदहरूले वरीयताको विषयलाई लिएर प्रश्न उठाएका थिए । वरिष्ठताको आधारमा उनीभन्दा अगाडि तीन न्यायाधीश रहेको अवस्थामा अब कसरी कार्यसञ्चालन गर्नुहुन्छ भनेर सांसदहरूले प्रश्न उठाएका थिए ।

सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा शर्माले प्रधानन्यायाधीशको नियुक्ति बढुवा नभइ नियुक्ति नै भएकाले वरिष्ठता बलियो आधार हो जस्तो आफूलाई नलाग्ने बताएका थिए ।

शर्माले आफ्नो योग्यता र क्षमतामा प्रश्न उठ्ने ठाउँ नरहेको दाबी गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्