०२ असार २०८३, मंगलबार

प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ ५, २०८३
काठमाडौं
प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षी स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर ३ का दीपक थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण कसुरको मुद्दामा सरकारी साक्षीका रूपमा पेश गरिएका थापाले प्रतिकूल बकपत्र गरेपछि उनीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

आयोगले उनीविरुद्ध मुख्य कसुरदार सरह नै ३० लाख २० हजार रुपैयाँ बिगो कायम गरेर कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्