२७ जेठ २०८३, बुधबार

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी

जेठ ६, २०८३
काठमाडौं
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्नुको कारण माग गर्दै सरकारका नाममा 'कारण देखाऊ आदेश' जारी गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा रहेका प्रसाईंलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले आज उक्त आदेश गरेको हो ।

आदेशमा भनिएको छ, ‘निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेश गर्नू ।’

प्रसाईंका तर्फबाट अधिवक्ता आशिष लुइँटेलले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

अदालतले विपक्षी जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई सूचना पठाउनुका साथै आगामी पेशीमा बहसका लागि सरकारी वकिल उपस्थित हुँदा अनुसन्धानसँग सम्बन्धित सक्कल फाइलसमेत साथै पेश गर्न महान्यायाधिवक्ताको कार्यालयलाई जानकारी गराउन आदेश दिएको छ ।​

प्रसाईं केही दिनअघि पक्राउ परेका थिए ।

यस्तो छ आदेश :

 

salt training

कमेन्ट गर्नुहोस्