२६ जेठ २०८३, मंगलबार

मुक्तिनाथ विकास बैंकले दियो सेती प्रादेशिक अस्पताललाई १० थान व्हिलचियर

जेठ ६, २०८३
काठमाडौं
मुक्तिनाथ विकास बैंकले दियो सेती प्रादेशिक अस्पताललाई १० थान व्हिलचियर

मुक्तिनाथ विकास बैंकले सेती प्रादेशिक अस्पताललाई १० थान व्हिलचियर ​प्रदान गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी- १, कैलालीस्थित सेती प्रादेशिक अस्पताललाई १० थान व्हिलचियर प्रदान गरिएको बैंकका प्रमुख सूचना अधिकारी ​तिलबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवा सहज बनाउन, समावेशीतालाई प्रवर्द्धन गर्न तथा दिगो विकास लक्ष्य प्राप्तिका लागि विभिन्न संस्थाहरूलाई सहयोग प्रदान गर्दै आएको छ ।

उक्त सहयोगले अस्पतालमा उपचारका लागि आउने तत्काल बिरामी, ज्येष्ठ नागरिक तथा हिँडडुलमा कठिनाइ भएका सेवाग्राहीलाई अस्पताल परिसरभित्र सहज र सुरक्षित रूपमा आवतजावत गर्न सहयोग पुग्ने अपेक्षा बैंकले लिएको छ।

यसले स्वास्थ्य सेवामा पहुँचलाई थप सहज बनाउँदै सेवाग्राहीमैत्री वातावरण निर्माणमा समेत योगदान पुर्‍याउने विश्वास बैंकले लिएको छ।

null

त्यसैगरी, बैंकले गोकर्णेश्वर स्थित युवा अपाङ्ग संगठन नेपाललाई पनि १० थान व्हिलचियर सहयोग प्रदान गरेको छ।

उक्त सहयोगले आवश्यकता भएका फरक क्षमता भएका व्यक्तिहरूलाई आवश्यक समयमा सहयोग पुर्‍याउनुका साथै उनीहरूको सम्मानपूर्ण, सहज तथा समावेशी जीवनयापनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

यस प्रकारका कार्यक्रममार्फत् विशेषगरी Good Health and Well–being सम्बन्धी दिगो विकास लक्ष्यलाई सहयोग पुर्‍याउने विश्वास बैकको छ ।

मुक्तिनाथ विकास बैंकले आगामी दिनहरूमा पनि स्वास्थ्य, शिक्षा, समावेशी विकास तथा समुदायको जीवनस्तर उकास्ने सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्