२७ जेठ २०८३, बुधबार
विपक्षी विभाजित

संसद्‌मा विपक्षी दल विभाजित, एमालेसहित ४ दलले नारावाजी गर्दा कांग्रेस मौन !

जेठ ७, २०८३
काठमाडौं
संसद्‌मा विपक्षी दल विभाजित, एमालेसहित ४ दलले नारावाजी गर्दा कांग्रेस मौन !

सरकारका नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने विषयमा एकजुट रहेका विपक्षी दल सदनमा विभाजित भएका छन् ।

प्रतिनिधिसभा नियमावली अनुसार प्रधानमन्त्री बालेनलाई प्रश्नोत्तरको लागि बोलाउनुपर्ने मागसहित नेकपा एमाले, नेकपा लगायतका दलले विरोध गर्दा प्रमुख प्रतिपक्षी दल कांग्रेस मौन बसेको हो ।

प्रधानमन्त्रीले संसद्‌मा जवाफ दिनुपर्ने मागसहित एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले विरोध गर्दा कांग्रेस मौन बसेको हो ।

प्रधानमन्त्रीको प्रश्नोत्तरको मिति तोक्न माग गर्दै एमाले लगायतका विपक्षी दलले बिहीबार प्रतिनिधिसभाको पहिलो बैठक अवरुद्ध गरे । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित गरे ।

प्रधानमन्त्री बालेनसँगको सभामुख अर्यालको छलफलपछि बसेको दोस्रो बैठकमा विपक्षी दलले नारावाजी गरे । तर, कांग्रेस भने मौन बस्यो ।

विपक्षी दलको नारावाजीका बाबजुद सभामुखले बैठक चलाए । प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री सोविता गौतमले पेस गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भयो ।

salt training

कमेन्ट गर्नुहोस्