२४ जेठ २०८३, आइतबार

चक्कु प्रहार गरी फरार भएका युवक पक्राउ

जेठ ७, २०८३
काठमाडौं
चक्कु प्रहार गरी फरार भएका युवक पक्राउ

काठमाडौंको तारकेश्वर नगरपालिका-८ शेषमतिस्थित सिद्धार्थ मोडेल स्कूल नजिक चक्कु प्रहार गरी फरार भएका एक युवक पक्राउ परेका छन् ।

गत वैशाख ४ गते साँझ खोटाङ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरी नजिक बस्दै आएका १९ वर्षीय नवराज गिरीमाथि अपरिचित ४/५ जनाको समूहले धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको थियो ।

घटनापछि आरोपितहरू फरार भएका थिए । प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले चक्कु प्रहारमा संलग्न रहेको आरोपमा गोरखा बारपाक सुलिकोट गाउँपालिका–८ घर भई हाल काठमाडौं तारकेश्वर–८ शेषमतिमा बस्दै आएका १८ वर्षीय उज्वल मगरलाई पक्राउ गरेको छ ।

प्रहरीले उनलाई जेठ ६ गते दिउँसो ललितपुरको लगनखेलबाट नियन्त्रणमा लिएको हो ।

मगरविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्