२२ असार २०८३, सोमबार

पोल्याण्डमा थप ५ हजार अमेरिकी सैनिक पठाउने ट्रम्पको घोषणा

जेठ ८, २०८३
काठमाडौं
पोल्याण्डमा थप ५ हजार अमेरिकी सैनिक पठाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा थप ५ हजार अमेरिकी सैनिक पठाउने घोषणा गरेका छन्।

 पेन्टागनले पोल्याण्डमा ४ हजार सैनिक पठाउने योजना रद्द गरेको एक हप्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत यो नयाँ निर्णय सार्वजनिक गरेका हुन्।

ट्रम्पले पोल्याण्डका राष्ट्रपति कारोल नावरोकीसँगको सुमधुर सम्बन्धका आधारमा यो सैन्य परिचालन गर्न लागिएको बताएका छन्। यो घोषणा यस्तो समयमा आएको छ जब ट्रम्प प्रशासनले आफ्नो अमेरिका फस्ट नीति अन्तर्गत युरोपबाट समग्र सैन्य उपस्थिति घटाउने संकेत दिइरहेको छ।

 हालै मात्र इरानसँगको विवादलाई लिएर जर्मन चान्सलर फ्रेडरिक मर्जेसँगको मनमुटावपछि अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने निर्णय गरेको थियो। पोल्याण्ड पठाइन लागिएका सैनिकहरू जर्मनीबाट फिर्ता गरिएकै टोली हुन् वा नयाँ भन्नेबारे भने विस्तृत खुलाइएको छैन।
यसअघि अमेरिकी रक्षा मन्त्रालयले पोल्याण्डमा सैन्य परिचालन रोकेको भए पनि रक्षा मन्त्री पिट हेगसेथले त्यसलाई अस्थायी ढिलाइ मात्र भएको स्पष्ट पारेका छन्। 

पोल्याण्डका राष्ट्रपति नावरोकीले ट्रम्पलाई रुसी राष्ट्रपति पुटिनलाई रोक्न र युक्रेन युद्ध अन्त्य गर्न सक्ने एक मात्र विश्व नेताको रूपमा समर्थन गर्दै आएका छन्। रुसको बढ्दो प्रभावका बीच पोल्याण्डमा अमेरिकी सेनाको संख्या बढाउने यो कदमलाई सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण मानिएको छ।

salt training

कमेन्ट गर्नुहोस्