२८ असार २०८३, आइतबार

युट्युबमा छाडा बोलेपछि साजन श्रेष्ठसहित तीन जना साइबर ब्यूरोमा, ‘आइन्दा नबोल्ने’ सर्तमा रिहा

जेठ ८, २०८३
काठमाडौं
युट्युबमा छाडा बोलेपछि साजन श्रेष्ठसहित तीन जना साइबर ब्यूरोमा, ‘आइन्दा नबोल्ने’ सर्तमा रिहा

पछिल्लो समय सामाजिक सञ्जाल र युट्युबमा भ्युज बढाउन जे पनि बोल्ने र जस्तो पनि हर्कत गर्ने प्रवृत्ति बढ्दै गएको छ। यसै सन्दर्भमा, युट्युबमा छाडा बोलेको आरोपमा चर्चित स्ट्यान्डअप कमेडियन तथा युट्युबर साजन श्रेष्ठसहित तीन जनालाई प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएर सचेत गराएको छ।

ब्यूरोले उनीहरूलाई ‘आइन्दा छाडा शब्द नबोल्ने’ सर्तमा छाडेको हो। साजन श्रेष्ठले सञ्चालन गर्ने युट्युब च्यानलमा ‘इन दी लास्ट कोइसन’ (In the last question) नामक कार्यक्रम प्रसारण हुँदै आएको छ। उक्त कार्यक्रमको एउटा एपिसोडमा साजन श्रेष्ठ, उत्सव सापकोटा र विशाल गौतमबीचको कुराकानीमा अत्यधिक छाडा र उच्छृङ्खल शब्दहरू समावेश थिए।

मनोरञ्जन र 'कमेडी' को नाममा अश्लील र समाजमा पच्न नसक्ने शब्दहरू सार्वजनिक प्लेटफर्ममा बोलिएपछि सर्वसाधारणले यसको कडा आलोचना गरेका थिए। दर्शकहरूले कार्यक्रममा बोलिएका शब्दहरू छाडा भएको भन्दै साइबर ब्यूरोमा गुनासो र उजुरी गरेपछि प्रहरीले एक्सन लिएको हो।

सर्वसाधारणको गुनासोपछि उनीहरू तीनै जनालाई गत जेठ ५ गते साइबर ब्यूरोको कार्यालयमा ल्याइएको थियो। ब्यूरो स्रोतका अनुसार, टीआरपी (भ्युज र चर्चा) को नाममा कार्यक्रममा किन जथाभावी उच्छृङ्खल र छाडा शब्द प्रयोग गरेको भन्दै प्रहरीले उनीहरूलाई केरकार गरेको थियो।

null

'टीआरपीका नाममा छाडा शब्द प्रयोग गरेको मौखिक उजुरी ब्यूरोमा आएपछि के भएको रहेछ भनेर श्रेष्ठसहित तीनै जनालाई बोलाएर सोधपुछ गरिएको हो,' अनुसन्धानमा संलग्न साइबर ब्यूरोका एक प्रहरी अधिकृतले भने, 'उहाँहरू तीनै जनाले गल्ती महसुस गर्दै अब आइन्दा छाडा शब्द नबोल्ने भनेर माफी मागेपछि छाडिएको हो।'

salt training

कमेन्ट गर्नुहोस्