
नेपाली कांग्रेसले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने सदस्यता अद्यावधिकसम्बन्धी सुदूरपश्चिम प्रदेशको अन्तरक्रियात्मक कार्यक्रम स्थगित गरेको छ ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शुक्रबार विज्ञप्तिमार्फत् अर्को सूचना जारी नहुँदासम्मका लागि उक्त कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् ।
कांग्रेसले यही जेठ ११ गते कञ्चनपुरको महेन्द्रनगरमा सदस्यता अद्यावधिकसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको थियो ।
'नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिद्वारा २०८३ जेठ ११ गते कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिने भनिएको सदस्यता अद्यावधिक सम्बन्धी सुदूरपश्चिम प्रदेशको अन्तरक्रियात्मक कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित गरिएको ब्यहोरा यसै विज्ञप्तिमार्फत् सबैलाई जानकारी गराइन्छ,' कार्यवाहक मुख्य सचिव दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।