३१ जेठ २०८३, आइतबार

१६ दशमलव ३८ अङ्कले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार​

जेठ ८, २०८३
काठमाडौं
१६ दशमलव ३८ अङ्कले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार​

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले उकालो लागेर दुई हजार सात सय ५८ दशमलव ४९ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ४० अङ्कले उकालो लागेर चार सय ७१ दशमलव ८९ मा पुगेको छ ।

कुल तीन सय ३६ कम्पनीको एक करोड आठ लाख ८८ हजार सात सय ३९ कित्ता शेयर चार अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबार भएकामध्ये दुई सय तीन कम्पनीको शेयर मूल्य भने उकालो लागेको छ । यस्तै, ५७ कम्पनीको भने ओरालो लागेको छ । आठ कम्पनीको भने कुनै परिवर्तन भएको छैन ।

कारोबारका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । यस्तै, रिडी पावर कम्पनी, नेशनल हाइड्रोपावर, अपि पावर कम्पनी र बुङ्गल हाइड्रो शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

यस्तै, क्रिष्ट माइक्रो लाइफ इन्स्योरेन्स, माबिलुङ हाइड्रोपावर, बुंगल हाइड्रो, आँखुखोला जलविद्युत् कम्पनी र सेपुर खुदी हाइड्रोपावरका लगानीकर्ताले आज कमाएका छन् ।

यस्तै, एनआईसी एसिया ब्यालेन्स फन्ड,ग्लोबल आईएमई समुन्नत योजना दोस्रो, एबीएल डिबेञ्चर– २०९१, सानिमा बैंक डिवेञ्चर र स्वाभिमान लघुवित्तका लगानीकर्ताले भने गुमाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्