![नवौँ संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्डको मनोनयन घोषणा [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/nims_award_o3sQbU0brn.jpg)
राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६ को नवौं संस्करणका लागि मनोनयन सार्वजनिक गरिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजनामा हुने अवार्डले नेपाली संगीत क्षेत्रसँगै देशभरका विभिन्न मातृभाषी कलाकारलाई समान अवसर प्रदान गर्दै आएको आयोजकले जनाएको छ ।
यही विशेषताका कारण निम अवार्डले अन्य संगीत अवार्डभन्दा फरक पहिचान बनाउन सफल भएको दाबी गरिएको छ ।
यस वर्षको संस्करणमा ३० विभिन्न विधामा मनोनयन घोषणा गरिएको छ । नेपाली भाषासहित नेपालमा बोलिने विभिन्न मातृभाषाका गीत, संगीत, गायक-गायिका, संगीतकार तथा सर्जकहरूलाई अवार्डमा समेटिएको आयोजकले जानकारी दिएको छ ।
अवार्डका विजेता छनोटका लागि अनलाइन भोटिङसँगै विभिन्न विधाका विज्ञ निर्णायकहरूको मूल्याङ्कनलाई आधार बनाइने कार्यक्रम संयोजक कमला जोशीले बताइन् । उनका अनुसार अवार्ड चयन प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाइनेछ, जसबाट सबै भाषाभाषीका संगीतकर्मीले समान सम्मानको अनुभूति गर्न सक्नेछन् ।
नवौं संस्करणको व्यवस्थापकीय जिम्मेवारी एरा प्रोडक्सन प्रालिले लिएको छ । अवार्ड वितरण समारोह जेठ महिनाको तेस्रो साता काठमाडौंमा आयोजना गरिने कार्यक्रम रहेको निर्देशक सनम कठायतले जानकारी दिए । समारोहमा विभिन्न सांगीतिक अवार्डका साथै रजत सम्मान, पत्रकारिता पुरस्कार तथा विशेष सम्मानहरू पनि प्रदान गरिने जनाइएको छ ।
निम अवार्डले विगत नौ वर्षदेखि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मात्र नभई विदेशमा रहेका नेपालीभाषी तथा विभिन्न भाषा–संस्कृतिसँग आबद्ध संगीतकर्मीलाई समेत सम्मान गर्दै आएको आयोजकको भनाइ छ । संगीतमार्फत भाषा, संस्कृति र राष्ट्रिय विविधताको संरक्षण तथा प्रवर्द्धन गर्ने अभियानलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने पनि जनाएको छ ।
संगीतप्रेमीहरूले आफूलाई मनपर्ने कलाकारलाई अनलाइन भोटिङमार्फत समर्थन गर्न सक्नेछन् । आयोजकका अनुसार निम अवार्ड कलाकार सम्मानमा मात्रै सीमित नभई नेपालको सांगीतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने अभियानका रूपमा स्थापित हुँदै गएको छ ।
उत्कृष्ट मनोनयनमा परेका सर्जक, श्रष्टा तथा श्रृजनाहरु यस प्रकार रहेका छन्ः-
उत्कृष्ट राष्ट्रिय भाव
१. खेमनाथ दाहालः लाली गुराँसको बोट
२. युवराज भण्डारीः भावनाको देश
३. पुरण क्षेत्रीः धर्तीको छानो
४. डन कार्कीः गोर्खाली हौ
५. ओमप्रकाश राईः नेपाल आमा
उत्कृष्ट गजल
१. आरजु गिरीः नयन
२. हरि सेढाँईः सबै लियौ
३. उत्तम भेटवालः गजलका कुराले
४. डि.पी. खनालः बेकार
उत्कृष्ट पप गायन
१. अदृश्य (दृश्य क्षेत्री): मनपरी
२. दिनेश क्षेत्रीः बानी
३. अनन्त अजयः अनन्त दर्पण
४. राजकुमार कर्माचार्यः आफ्नो मान्छे
५. बेनिषा पौडेलः लहर झैं
उत्कृष्ट गीतकार पुरुष (सुगम संगीत)
१. भोलानाथ पाठकः राधिका
२. डा. रुद्रनाथ अधिकारीः आमा
३. चिन्तामणि शिवाकोटीः हृदयकि रानी
४. रोहन पौडेलः जेलपनि सहुँला
५. अमरदिप सुनुवारः माया जाल मोहनी
उत्कृष्ट गीतकार महिला (सुगम संगीत)
१. अनिता थापाः मेरो चाहाना
२. सरला श्रेष्ठः धेरै दुख्न पुग्यो
३. मनमाया पंगेनीः सप्तरंगी फुल
४. राखी गौचनः यो साँझ फेरी
५. गीता अधिकारीः माटोको सुगन्ध
उत्कृष्ट संगीतकार (सुगम संगीत)
१. राजेन्द्र बजागाई : पुतली
२. कमल अधिकारी : मेरो घरको मुन्तिर
३. बबिना भट्टराई : गजलका कुराले
४. शंकर थापा ‘स्माईल’ : बेहाल
५. दिपकराज विश्वकर्मा : मेरोदिन आउला
उत्कृष्ट गायक (सुगम संगीत)
१. राम भण्डारीः सपना देखाई कोही
२. सिडी.बिजय अधिकारीः पिरतकिो सिंहदरबार
३. प्रविण भेटवालः नयन
४. प्रताप दासः तिम्रो साथमा
५. ईन्द्र आरपिः गारो लाउन
उत्कृष्ट गायिका (सुगम संगीत)
१. बबिता मानन्धरः कलियुगकि राधा
२. बबिना भट्टराईः गजलका कुराले
३. सोनी राजभण्डारीः तिम्रो आँखाको
४. मनमाया पंगेनीः सप्तरंगी फुल
५. अञ्जु पन्तः सोल्टिीनी
उत्कृष्ट नवप्रतिभा गायन
१. प्रथम गुरुङः धेरै कुरा
२. प्रेमनाथ कडुवालः टाईटाई फिस
३. आश्मा दुलालः मेरा बाबा
४. विपना शाक्यः तिम्रो याद
५. आरभ उप्रेतीः खेलौं खेलौं
उत्कृष्ट लोक दोहोरी शब्द
१. सुवास के.सी.: कल्लाई थाहा छ
२. रमेश परियारः ढोग्दिया
३. कृष्ण लामिछानेः आमा जेलैमा
४. अमृत भारतीः बेल बटम
५. पराजन केसीः परदेश
उत्कृष्ट लोक दोहोरी लय
१. सञ्जय थापा मगरः गलबन्दी र पच्छेउरी
२. ऋषि खड्काः परदेशी हुन मन छैन
३. ज्योती न्यौपानेः धनमाया मनमाया
४. नमराज ढुङगानाः गलबन्दीको छेउ
५. सुवास के.सी.: माडी बगर
उत्कृष्ट लोक दोहोरी गायक
१. राजु ढकालः खोली सलल
२. प्रेम शर्माः मायालुको बैंश
३. हेमन्तकान्छा रसाईलीः जानै लाग्यो बैंश
४. अनिल श्रेष्ठः मायालुको रुपैमा
५. सञ्जय थापा मगरः गलबन्दी र पच्छेउरी
उत्कृष्ट लोक दोहोरी गायिका
१. देवी घर्तीः खोली सलल
२. कविता खत्रीः ढोग्दियाँ
३. कमला के.सी.: माया लाउँछु
४. सुष्मा शाही ठकुरीः दर्याम दर्याम
५. शान्तिश्री परियारः परदेश
उत्कृष्ट युगल गायन
१. नारायण गजमेर/ शान्तिश्री परियारः चोर्यो मायाले
२. रानु निरौला /महेश मुखियाः चोली ढाकाको
३. शर्मिला वर्देवा /डेभिड शंकरः कश्मिेर गाम्चा
४. सिडी विजय अधिकारी /अञ्जु पन्तः सोल्टीनी
५. नरहरि प्रेमी / अपेक्षा खनालः विस्तारै विस्तारै
उत्कृष्ट मौलिक/भाषाभाषि गीत
१. मिना लामाः आकाशैको जुन (सालैजो)
२. दिलु सलामी मगरः शिरैको नी फुल (सोरठी)
३. करण चौधरीः तु म्वार छैली हो (थारु)
४. निर्मला घिसिङः मनको देश (तमाङ सेलो)
५. निरुता पुन मगरः काली सलल
उत्कृष्ट डायस्पोरा (सर्जक/स्रष्टा)
१. जीवन शर्माः माटोको सुगन्ध
२. सक्रिय श्रेष्ठः गारो लाउन
३. रामनाथ घिमिरेः सपना देखाई कोही
४. सुपेश बस्नेतः सँधै साथमा
५. नविन सिंह ठकुरीः भेट कहिले हो फेरी
उत्कृष्ट डेउडा भाका गीत
१. प्रमोद डि.जी.: रुपस्या पातली सुवा
२. शान्ती शाही ठकुरीः फुलटिपी
३. रेखा जोशीः गंगाका किनारा
४. पदम नेपालीः काफल खानेई
५. महादेव भट्टः मेरी पुट्क्यौली
उत्कृष्ट नेपाल भाषा गीतकार
१. न्हुच्छेकाजी महर्जनः नानी मयजु
२. राजु कर्मचार्यः खुशिया किनार
३. मचाकाजी महर्जनः वनेनु रे
४. जयकृष्ण दुवालः झिगु नगदे
५. शिव महर्जनः जिगु थ्व मतिना
उत्कृष्ट नेपाल भाषा संगीतकार
१. सानुबाबु महर्जनः मस्यु जि तः छुजु छुजु
२. गुजय मालाकारः झिगु नगदे
३. नरेनमानः नानी मयजु
४. सुमन तुलाधरः वनेनु रे
५. छत्रराज शाक्यः चिकुलाय तः खाः
उत्कृष्ट नेपाल भाषा गायन
१. नरेनमानः ध्येवा
२. नारायणी महर्जनः मस्यु जि तः छुजु छुजु
३. शुक्रराज महर्जनः मैचा छला बाँलाका
४. राजु कर्मचार्यः खुशिया किनार
५. राज कुमार मानन्धरः कागती पाउँसे च्वङ
उत्कृष्ट नेपाल भाषा गायन
१. नरेनमानः ध्येवा
२. नारायणी महर्जनः मस्यु जि तः छुजु छुजु
३. शुक्रराज महर्जनः मैचा छला बाँलाका
४. राजु कर्मचार्यः खुशिया किनार
५. राज कुमार मानन्धरः कागती पाउँसे च्वङ
उत्कृष्ट मैथली/भोजपुरी गीत
१. अञ्जु सरदारः तोहर कारण सं
२. रहमान खानः कैले बद्नाम पगली
३. आदित्य अजयः धान के रोपनिया
४. माला राजबंशीः चोरी चोरी चालु सजना
५. बिरेन्द्र झाः तोहर मिठी मिठी
उत्कृष्ट म्युजिक भिडियो निर्देशन
१. राहुल शाहः ओ प्रियसी
२. पुजा ठकुरीः दुर देखी आएँ प्रिय
३. देवेन्द्र पाण्डेः जुनेली
४. रुपेश उप्रेतीः खेलौं खेलौं
५. जीवन शाहीः गारो लाउन
उत्कृष्ट म्युजिक भिडियो छायाँकार
१. दिपक गिरीः परदेश
२. रुपेश थापाः चाहिँदैन सम्पती
३. महेश महराः सम्झिन्छु तिमिलाई
४. उत्सव दाहालः तिमि मेरो प्राण हौ
५. करण चैसिरः गुण भुल्यौ-२
उत्कृष्ट म्युजिक भिडियो मोडल (पुरुष)
१. आर्यन सिग्देलः बानी
२. नरेश एम्.सी.: खाउली पेन्सन
३. प्रज्वलराज भट्टः दिल आफ्नै थियो
४. अंशु बर्माः भुपु माया रिर्टनस्
५. श्रीराम पौडेलः त्यो मिठो तिम्रो बोली
उत्कृष्ट म्युजिक भिडियो मोडल (महिला)
१. सृष्टि खड्काः परदेश
२. प्रतिमा राजघतानीः मायाको जम्मै राम्रो
३. अम्बिका तमाङः सोल्टीनी
४. सुजिना गोलेः कति माया गर्छु
५. सृष्टिना क्षेत्रीः चाहिँदैन सम्पती
उत्कृष्ट म्युजिक भिडियो नवमोडल (महिला)
१. उपाशना पाठकः नयन
२. सपना क्षेत्रीः एकै पल पनि
३. मिसेल घिमिरेः गालै बम पाउरोटी
४. सन्जिवनी खनालः पिरिमका खेल
५. सहिष्मा खड्काः जेनतेन चलिराछ
उत्कृष्ट म्युजिक भिडियो नवमोडल (पुरुष)
१. प्रवेश उप्रेती ‘पौल’ : फुल फुल्यो केशरी
२. बुद्धि माझीः बाचा गरौंला
३. सन्दिप ओलीः नयन
४. आरभ उप्रेतीः खेलौं खेलौं
उत्कृष्ट नेपाल भाषा भिडियोतर्फ
१. सुरोज महर्जनः मैचा छला बाँलाका
२. राजेशमान सिँहः मस्यु जि तः छुजु छुजु
३. रामकृष्ण खड्गीः ध्यवा
४. अनिस सिँहः कागती पाउँसे च्वङ
५. नरेनमानः नानी मयजु
उत्कृष्ट मैथली/ भोजपुरी भिडियोतर्फ
१. सुशान्त अग्रवालः काला काला सरिया
२. सन्तोष कुमार माझीः जार मे सैटेक
३. बद्रि साहः गजब के रोग