२९ असार २०८३, सोमबार

फुटेर होइन, जुटेर अगाडि बढ्दा कांग्रेस र देश बलियो हुन्छ : नैनसिंह महर

जेठ १०, २०८३
धनगढी
फुटेर होइन, जुटेर अगाडि बढ्दा कांग्रेस र देश बलियो हुन्छ : नैनसिंह महर

​नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता, विश्वास र सहकार्यलाई समयको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन् ।

​नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशद्वारा आयोजित वृहत् एकता तथा जागरण कार्यक्रममा नेता महरले फुटेर नभई जुटेर नै कांग्रेस र देश बलियो हुने बताए । 

कांग्रेस कुनै सामान्य राजनीतिक दल नभई लोकतन्त्र, त्याग, बलिदान र जनताको आशाको केन्द्र भएको उनको भनाइ छ । पार्टी भित्र वृहत् एकताका साथ १५ औं महाधिवेशनमा होमिनुको विकल्प नभएको उनले बताए । 'कांग्रेस केवल चुनाव जित्ने संगठन होइन, यो लोकतन्त्र बचाउन हजारौं मानिसले जेल बसेको, रगत बगाएको र बलिदान दिएको आन्दोलनको विरासत हो । यस्तो पार्टी कमजोर हुनु भनेको लोकतान्त्रिक मूल्य कमजोर हुनु हो । त्यसैले आज हामी कसलाई हराउने भन्ने होइन, कसरी सबैलाई जोड्ने भन्ने विषयमा केन्द्रित हुनुपर्छ,' उनले भने ।

कांग्रेस भित्र एकताको बहस गर्दै आएका महरले पार्टीभित्र देखिएको मतभेदलाई स्वाभाविक प्रक्रिया बताउँदै असहमति हुन सक्ने तर मतभेद हुन नहुने बताए । 'जहाँ विचार हुन्छ, त्यहाँ बहस हुन्छ। जहाँ लोकतन्त्र हुन्छ, त्यहाँ फरक मत हुन्छ। तर विचार फरक हुँदैमा हृदय टाढिनु हुँदैन। कांग्रेसको सुन्दरता नै विविध विचारलाई एउटै राष्ट्रिय उद्देश्यमा जोड्ने क्षमता हो,' उनले भने।

salt training

कमेन्ट गर्नुहोस्