२४ जेठ २०८३, आइतबार

लगनखेल बसपार्क नजिकैबाट नक्कली नोटसहित एक जना पक्राउ

जेठ १०, २०८३
ललितपुर
लगनखेल बसपार्क नजिकैबाट नक्कली नोटसहित एक जना पक्राउ

ललितपुर महानगरपालिका- १२ लगनखेल बसपार्क नजिकैबाट नेपाली ५ सय दरका १६ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- १४ कलंकी बस्ने सिराहा घर भएका १९ वर्षीय सुरज राई छन् । उनलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले उनलाई नक्कली नोटसहित पक्राउ गरेको हो । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्