२६ असार २०८३, शुक्रबार

पहाडी भू-भागमा वर्षा, लुम्बिनी र सुदूरपश्चिमको तराईमा 'तातो लहर' चल्ने

जेठ ११, २०८३
काठमाडौं
पहाडी भू-भागमा वर्षा, लुम्बिनी र सुदूरपश्चिमको तराईमा 'तातो लहर' चल्ने

हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकीका हिमाली र पहाडी भू–भाग साथै कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।

कोशी र गण्डकीका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा साथै बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी केही स्थान, मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

सुदूरपश्चिम र लुम्बिनीका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना रहेको छ ।

अरू ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै छ । त्यहाँ केही दिनदेखि तातो हावा र तातो लहर चलेको छ । आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर चल्ने महाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकीका केही स्थान तथा मधेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्