
सरकारले धानको समर्थन मूल्य निर्धारण गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वर्षे धानको न्यूनतम् समर्थन मूल्य तोकेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
उनका अनुसार मोटो धानको मूल्य (प्रति क्विन्टल) ३ हजार ६६० रुपैयाँ र मध्यम धानको मूल्य (प्रति क्विन्टल) ३ हजार ८६० रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको छ ।