२८ जेठ २०८३, बिहीबार

बुटवलमा राष्ट्रिय स्तरको डोरी तान प्रतियोगिता हुने

जेठ ११, २०८३
बुटवल
बुटवलमा राष्ट्रिय स्तरको डोरी तान प्रतियोगिता हुने

बुटवलमा राष्ट्रिय स्तरको पुरुष डोरी तान प्रतियोगिता हुने भएको छ ।

नेपाल खेलकुद महासंघ, रूपन्देही यही जेठ १५ र १६ गते पुरुष ‘टग अफ वार’ प्रतियोगिता आयोजना गर्न लागेको हो । डोरी तान पुरानो तथा मौलिक खेल मानिन्छ । 

लोप हुन लागेको परम्परागत खेलको प्रवर्द्धन गर्दै खेलाडीको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महासंघका अध्यक्ष समुन्द्र श्रेष्ठले बुटवल–१० रामनगर खेल मैदानमा हुने प्रतियोगिता दुई दिनसम्म चल्ने बताए । प्रतियोगितामा १६ टिमको सहभागिता रहने छन् ।

प्रतियोगिताको विजेताले नगद ६० हजार ६६६ रुपैयाँ पाउने छ भने द्वितीय हुनेले ३० हजार ३३३ रुपैयाँ र तृतीय हुनेले नगद १५ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा रूपन्देही जिल्ला भित्र रहेका इच्छुक क्लब, संघ–संस्था तथा समूहहरूले सहभागिता जनाउन सक्ने श्रेष्ठले बताए ।

प्रतियोगितामा सहभागी हुन प्रत्येक टोलीमा ८ जना खेलाडी, १ जना रिभर्स प्लेयर, १ जना प्रशिक्षक र १ जना टिम म्यानेजर गरी जम्मा ११ जना सहभागी हुन पाउने आयोजक संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सरोज क्षेत्रीले जानकारी दिए ।

यसैगरी एक टिमको कुल तौल बढीमा ६४० केजीभित्र हुनुपर्ने व्यवस्था गरिएको छ खेलाडीहरूले आफ्नो पालिका खुल्ने विवरणसहित मैदानमा उपस्थित हुनुपर्ने र दर्ताका लागि दुई हजार रुपैयाँ शुल्क लाग्ने आयोजकले जानकारी दिएको छ ।

गत वर्षको संस्करणमा तिलोत्तमा फिटनेश सेन्टर विजयी भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्