०३ असार २०८३, बुधबार

गोदावरीमा आफ्नै घरको पानी ट्यांकीमा डुबेर महिलाको मृत्यु

जेठ १२, २०८३
ललितपुर
गोदावरीमा आफ्नै घरको पानी ट्यांकीमा डुबेर महिलाको मृत्यु

ललितपुरको गोदावरी नगरपालिका- १४ ठैबमा आफ्नै घरमा रहेको पानी ट्यांकीमा डुबेर महिलाको मृत्यु भएको छ ।

६५ वर्षीया सानुनानी महर्जनको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्यांकीमा पानी हेर्ने क्रममा खस्न गई डुबेर अशक्त भएकी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल लगनखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्